images

अन्तरिम सरकारको आदेशले बंगलादेशमाहिन्दू कर्मचारी त्रासमा

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले एक पत्र जारी गरेपछि त्यहाँबसोबास गर्ने हिन्दू अधिकारी र कर्मचारीहरूमात्रास सिर्जना भएको छ । पत्रमा सबै मन्त्रालयहरूमाकाम गर्ने हिन्दू अधिकारीहरूको पूर्ण सूचीमागिएको छ । यस सूचीमा देशका सबै मन्त्रालय र विभागमाकार्यरत समान र उच्च स्तरका सहसचिवसहितकाहिन्दू कर्मचारीहरूको विवरण संकलन गर्न भनिएको छ । अगस्त २७ मा जारी गरिएको यस आदेशले सेप्टेम्बरको पहिलो साताभित्र सबै हिन्दू अधिकारीहरूको विवरण सरकारलाई बुझाउनआदेश दिएको थियो । यो आदेश सबै मन्त्रालयहरूमागोप्य रूपमा पठाइएको थियो । यस आदेशपछि बंगलादेशका सबै मन्त्रालयहरूमाहलचलमच्चिएको छ, जहाँहिन्दू अधिकारीहरू कार्यरत छन् । आदेशमापदाधिकारी र कर्मचारीको पूरा विवरण सँगै सफ्ट र हार्ड प्रतिलिपिउपलब्ध गराउनभनिएको छ । फ्रीडम फर हिन्दू राइट्स इनबंगलादेशका सोमेश बनर्जीले अमर उजाला डट कमसँग कुरा गर्दै, यस आदेशले यहाँकाम गर्ने हिन्दू कर्मचारीहरूमात्रासको वातावरण सिर्जना गरेको बताए । उनले भने, ‘अगस्त ५ पछि बंगलादेशकाविभिन्न विश्वविद्यालयबाट करिब ५० हिन्दू शिक्षकलाई निकालिएको छ । अहिले यस्तो आदेशले हिन्दूहरूमा डर पैदा गरेको छ ।’ बंगलादेश सरकारले यस सूचीलाई आगामीहिन्दू रीतिथिति र चाडपर्वका अवसरमा सम्बद्ध अधिकारीहरूलाई बोलाउनतयार पारिएको बताएको छ । तर, फ्रिडम फर हिन्दू राइट्स इनबंगलादेशको संगठनले यस तर्कलाई स्वीकार गरेको छैन, र यसलाई डरको वातावरण सिर्जना गर्ने कदमको रूपमा हेरेको छ ।
 

मङ्गलबार २५ भदौ २०८१ ०८:३२ AM मा प्रकाशित

प्रतिक्रिया