काठमाडौं । नेपालक्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्वक्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ । दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीयअन्तर्राष्ट्रिय खेल खेल्नेछ । छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिलशाह, भीम सार्की, आरिफ शेख, कुशलमल्ल, अर्जुन साउद, सोमपालकामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशलभुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् । देवखनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन् । सन् २०२७ मा दक्षिण अफ्रिकामाहुने एकदिवसीयविश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले सेप्टेम्बर १६ मा क्यानडा, १८ मा ओमान, सेप्टेम्बर २२ मा क्यानडा र २४ मा ओमानसँग खेल्नेछ ।
प्रतिक्रिया