images

ब्राजिलमाजहाज दुर्घटना ः चालकदलका सदस्यसहित६१ जनाकै मृत्यु

काठमाडौं । ब्राजिलको साओ पाउलोमा ५७यात्रु र चालकदलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ । भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीयअधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे । डबल इन्जिनभएको टर्बोप्रपविमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्यविमानस्थलकालागि उडेको थियो ।  विमानभिन्हेदो शहरमा नै दुर्घटनाग्रस्तभएको हो ।
साओ पाउलोको दमकलविभागले घटनास्थलमा सात दमकलपुगेको र थपजानकारी आउने क्रममा रहेको जनाएको छ । स्थानीयअधिकारीहरूले विमानआवासीय क्षेत्रमा खसेको बताएका छन् । विमानआवासीय क्षेत्रमा खसेको भएपनित्यहाँका कोहीमानिस घाइते नभएको बीबीसी समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमापोष्ट गरिएका भिडियो फुटेजमाविमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ ।  घटनास्थलमाप्रहरी र दमकलपुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको जनाइएको छ ।
 

शनिबार २६ साउन २०८१ ०९:५८ AM मा प्रकाशित

प्रतिक्रिया