images

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपामाओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार पनि बस्दै । शुक्रबारदेखि सुरु भएको बैठक आजपनि जारी रहने माओवादीकाउपाध्यक्षएवं प्रवक्ताअग्निप्रसाद सापकोटाले जानकारी दिए ।बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थितितथाकार्यभारका सम्बन्धमाधारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथाअन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमाभएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धितविषयमादलहरूबिचभएको सहमतिबारे जानकारी गराएकाथिए ।
 

शनिबार २६ साउन २०८१ १०:१३ AM मा प्रकाशित

प्रतिक्रिया