images

को हुन् गुरु ? स्वामीध्यानआशिष

मानवजीवनमा अज्ञानरुपीअन्धकारलाई हटाई ज्ञानरुपी प्रकाशप्रदान गर्ने व्यक्तिलाई गुरु भनिन्छ । ‘गु’को अर्थ हुन्छ अन्धकार (अज्ञान)एबं ‘रु’को अर्थ हुन्छ प्रकाश(ज्ञान)अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी प्रकाशतर्फ लिएर गइजीवनको मार्गदर्शन गर्ने व्यक्तिलाइ गुरु भनिन्छ । मानवजीवनमागुरुको महिमा अपरम्पार रहेको छ । गुरु ब्रम्हा, गुरु बिष्णु , गुरु देबो महेश्वर ।गुरु साक्षत परब्रम्हातस्मै श्री गुरुवे नम ।।अर्थात यो सृष्टिका रचनाकार (ब्रम्हा) पनि गुरु, संचालनकर्ता (बिष्णु) पनि गुरु, संहारकर्ता (महेश्वर)पनि गुरु नै हुन् । गुरु नै त्यो परमतत्वहुन् जसबाट यो चराचर जगत संचालित छ । त्यस्ता सद्गुरुदेबलाई मेरो सादर प्रणाम छ ।‘अज्ञान तिमिरान्धश्च ज्ञानांजन शलाकया, चक्षुन्मिलितम् तस्मै श्री गुरु बै नम’अर्थात जसले ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारमा अन्धाभएकाव्यक्तिहरुको आखाखोल्दछन, ति सब गुरुलाई सादर प्रणाम छ । सनातनहिन्दु धर्ममा गुरुलाई भगवानभन्दापनिमाथिको दर्जा दिइएको छ । भनिन्छ असलगुरुको प्राप्तीअथवा छनोट अधिकांश समस्या र दुबिधाहरुको निरोध हो । तथापिआधुनिकयुगमाअसल गुरु र असलशिष्यदुबैको पहिचानगाह्रो छ । २०औं शताब्दीकामहान गुरु ओशो भन्नुहुन्छ, गुरु पूर्वीय चेतनाको खोज हो  । पश्चिमीभाषामा गुरु जस्तो कुनै शब्दछैन । गुरु त त्यहिव्यक्तिहुनसक्छ जसमा गुरुताउपलब्धभएको होस् । जसमाअन्तिममहिमाउपलब्धभएको होस् । जसले परमसत्यजानेको छ त्यहि गुरु हुन सक्छ । ओशोको दृष्टिमा गुरु त्यो हो जसमाअन्तिम घटना घटेको छ । अनि जो समाधिष्ठ भएको छ । जो परमात्मासंग एक भएको छ ।गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्बकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्लपक्षको पुर्णिमालाई गुरु पुर्णिमा वाब्यास पुर्णिमा भनिन्छ । आषाढ महिनाको पुर्णिमामाब्यास ऋषिको जन्मदिन समेत भएकाले यसलाई गुरु पुर्णिमा वाब्यास पुर्णिमा भनिएको हो । भगवानगौतम बुद्धले पनि बुद्धत्व प्राप्त गरेपछि असार पुर्णिमाको दिनमापहिलो पटक सारनाथमापंचभद्रलाइउपदेश दिएकाथिए । भनिन्छ त्यसैदिन बुद्धले पंचभद्रलाई दिक्षादिएकाथिए ।पूर्णिमा भन्नाले पूर्णचन्द्र अर्थात कुनैपनिकर्मको पूर्णताको अवस्थाभनेर बुझिन्छ । त्यसैले गुरु पुर्णिमालाई मानव प्राणीमा भएको अन्धकारको अन्त्यभइ ज्ञान प्राप्त गर्ने कामको पूर्णताभएको दिनको उत्सवको रुपमापनियसलाई मनाउने गरिन्छ । आषाढ शुल्कपक्षको पुर्णिमामाआफूलाई शिक्षा, दिक्षाएवम मोक्षको बाटो प्रदान गर्ने गुरुहरुप्रतिश्रध्दा प्रकट गर्दै अनिगुरुको महिमागाउँदै उत्सवमनाउने गरिन्छ । गुरु पुर्णिमाको निकै पुरानो इतिहास र महत्वहिन्दु सनातन धर्म संस्कृतिमा छ । प्रशिध्दहिन्दु शास्त्र बेदहरुको संकलन, सम्बर्धन र महाभारतको रचना गरेका महानमहर्षि श्री कृष्णद्देपायनअर्थात बेद्ब्यासजी आषाढ शुल्कपक्षको पुर्णिमामाजन्मेका थिए । उनले हिन्दु सनातन धर्म अन्तर्गत छरिएर रहेका शास्त्रहरुलाई आफ्नो ध्यान, साधना र तपोबलले एकत्रित र रचना गरि मनुश्यतालाई ठुलो योगदानदिएका छन्  ।गुरु शिष्य परम्परा पूर्वीय दर्शनको एक अमूल्य सम्पदाहो । शिष्यले सदगुरु भेट्टाउनु जीवनको महत्वपुर्ण उपलब्धिहो । अध्यात्ममाजसलाई जाग्नु छ उसले वहुत सावधानभएर मार्गदर्शक छान्नु पर्दछ । महान गुरु ओशोको भनाई अनुसार बहुतहोशपूर्वकजीवनमाअघि बढियो भने अनिबहुतबिचारपूर्वक कदम राखियो भने सायद सद्गुरुसँग मिलन हुनसक्छ । गुरुलाई त्यसले नै खोज्नसक्छ जसभित्रप्रकाशको खोज पैदा भएको छ । जसको भित्र सत्य जान्ने तिब्र अभिलाशाजागेको छ । ओशोकै शब्दमाभन्नुपर्दा जो भित्र सत्य पिउने अभिप्साजन्मभएको छ त्यहीव्यक्तिले गुरुलाई खोज्नसक्छ । त्यस्तो व्यक्ति नै शिष्यहुन सक्छ ।  शिष्यको अर्थ विद्यार्थी होइन । यदिकोहीवास्तवमाशिष्य छ भने मात्र गुरु पाउन सक्छ । शिष्यको अर्थ हुन्छ कोहीशिष्य चढाउन राजी हुन्छ । जो प्रार्थना सिक्नआउँदैन प्रार्थनामयहुन आउँछ । शिष्यत्यो हो जो गुरुको आभामंडलमा समाहितहुन् तयार हुन्छ । शिष्यमा बुद्धत्व उपलब्धहुने संभावना हुन्छ ।भनिन्छ, जब शिष्यतयार हुन्छ तब सद्गुरु प्रकट हुन्छ । गुरु त्यो हो जसले अन्धकारलाई अलग गरिदिन्छ । सद्गुरु ओशो भन्नुहुन्छ गुरुको अर्थ शिक्षकहोइन । गुरुको अर्थ अध्यापकहोइन । गुरुको अर्थ व्याख्याताहोइन । आचार्य होइन । गुरु शब्दको कुनै पर्याबाचीशब्द नै छैन । गुरु शब्द नै अनौठो शब्दहो ।गुरुलाई तब खोज्न सकिन्छ जब मान्छेभित्रप्रकाशखोज्ने आकांक्षाउम्लिन थाल्दछ । सद्गुरु जब यस धर्तीमा आउँछन मान्छेहरुले चिन्न सक्दैनन् । सद्गुरुलाई नचिन्ने मात्रहोइन मान्छेहरु विरोधमा उत्रन्छन । विरोधमामात्रउत्रने होइन मान्छेहरु सद्गुरुलाई हत्या गर्न उद्दत रहन्छ  ।असार पुर्णिमालाई किन गुरु पुर्णिमाको रुपमामनाइयो भन्ने सन्दर्भमा महान गुरु ओशोले अदभुतविश्लेषण गर्नु भएको छ । असार पुर्णिमा बहुत अर्थपूर्ण छ । असार पुर्णिमालाई चुन्नेहरुले इसारा गरेका छन । गुरु त पुर्णिमा जस्तो हुन्छ अनिशिष्य हुन्छ असार जस्तो । शिष्यहरू जन्मदेखिकाअध्यारो लिएर आएका हुन्छन । कालाबादलहरु लिएर आएका हुन्छन ।असारको मौशममापनि गुरु चन्द्रमा जसरी चम्कन सक्छ । अध्यारोले घेरिएको वातावरणमा पनिउज्यालो पैदा गर्न सक्ने नै गुरु हुन्छ । त्यसकारण असार पुर्णिमा छानिएको हो । त्यसमा गुरुतर्फ पनिइशारा छ अनिशिष्यतर्फ पनि ।गुरुले शिष्यको अँध्यारोले घेरिएको हृदयमाप्रकाशपुर्याउनु छ । गुरुलाई चन्द्रमाको रुपमाप्रतिक दिइन्छ । मनीषीहरुले धेरै सोचेर चन्द्रमालाई गुरुको प्रतिकचुनेका हुन्  । चन्द्रमामापनिप्रकाशआफ्नो हुँदैन  । प्रकाशत सुर्यको हुन्छ । गुरुसँग पनिप्रकाशआफ्नो होइन परमात्माको हो । त्यो केवलप्रतिफलहो । जसरी सुर्यतर्फ सिधा हेर्न मुस्किल हुन्छ त्यसैगरी परमात्मातर्फ सिधा हेर्न सकिदैन । प्रकाशयति धेरै हुन्छ कि जसलाई सम्हाल्न सकिदैन । गुरुले सुर्यजस्तो परमात्माको प्रकाशलाई चन्द्रमाले  जसरी लिएर आउछ अनिअँधेरी रातमाकालाबादलले घेरिएका जस्ता  शिष्यहरुलाई दिन्छ । चन्द्रमाले भयङ्कर अध्यारो पनिजानेको छ अनिप्रकाशपनिजानेको छ । बिना गुरु परमात्माखोज्न असंभव हुन्छ । ओशोको दृष्टिमा यसकारण असार पुर्णिमालाइ गुरु पुर्णिमा भनिएको हो । गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन गुरु पुर्णिमाको पाबनअवसरमा सद्गुरु ओशो अनि सम्पूर्ण गुरुहरुप्रतिहार्दिक नमन !
 

शनिबार २६ साउन २०८१ ०९:५६ AM मा प्रकाशित

प्रतिक्रिया