images

युरो कप ः फ्रान्सलाई २–१ ले पराजितगर्दै स्पेन फाइनलमा

काठमाडौं । स्पेन युरो कप २०२४ को फाइनलमाप्रवेश गरको छ । मंगलबार रातिभएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमनजितनिकाल्दै फाइनलमा स्थानबनाएको हो । 
जर्मनीको म्युनिख रंगशालामाभएको सेमिफाइनलमा सुरुआतीगोल भने फ्रान्सले गरेको थियो । तर उक्तअग्रताफ्रान्सले धेरैबेर टिकाउन सकेन ।
खेल सुरु भएको आठौं मिनेटमा कोलो मुआनीले केलियनएम्बाप्पेको पासमागोल गरेका थिए । 
उनले गरेको हेडर गोल नै युरो कप फुटबलमा डेसच्याम्पकको टोलीफ्रान्सका खेलाडील गरेको पहिलो खुलागोल थियो ।
१ गोलले पछि परेको स्पेन जारी युरोमा उत्कृष्ट लयमा रहेको प्रमाणित गर्न धेरै बेर कुर्नु परेन । 
२१ औंमिनेटमा अल्भारो मोराटाको पासमा १६ वर्षिय खेलाडी लामिनयमलले गोल गर्दै खेल एक एकको बराबरीमाल्याएकाथिए ।
२५ औंमिनेटमा डानी ओल्मोले गोल गरेपछि स्पेनले २–१ को अग्रतालिएको थियो । त्यसपछि दुवै टिमले थपगोल नगरेपछि अन्तिमसम्म २–१ को अग्रताकायमगर्दै स्पेनले फाइनलमा स्थानपक्का गर्न सफलभयो । 
स्पेन २०१२ पछि पहिलो पटक फाइनलमा स्थानबनाउन सफलभयो । स्पेनले अब उपाधिकालागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्ने छ ।  

बुधबार २६ असार २०८१ ११:१८ AM मा प्रकाशित

प्रतिक्रिया