images

जेलबाट छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी ४५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । 
प्रहरीले ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका–४ का ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई पक्राउ गरेको हो । जुवा तथा सट्टेबाजी सम्बन्धी कसूरमा थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी निजको आफन्तहरूबाट नगद र चेकमार्फत उक्त रकम ठगी गरेको खुल्न आएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर धापाखेलबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ । 
 

सोमबार २७ जेठ २०८१ ०७:१६ AM मा प्रकाशित

प्रतिक्रिया