images

नेपाल–अफ्रिकाफिल्म फेस्टिभलमा १० देशका २८ फिल्म

काठमाडौं । १२औं नेपालअफ्रिकाफिल्म फेस्टिभल–२०२४ का लागि नेपालसहित १० देशका २८ वटा फिल्म, वृत्तचित्रतथा सर्ट फिल्म चयन भएका छन् ।
कलेज अफजर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनातथाचलचित्रविकासबोर्डको सह–आयोजनामामहोत्सवआगामीअसार ७–९ गते काठमाडौंमा हुने भएको छ । 
महोत्सवकालागिदक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैका गरी ९ देशबाट ८ वटा अफ्रिकनफिल्म चयन भएका छन् । जसमा ‘फुल्स’ र ‘द चेस्लर’ गरी दुई फिल्म, ‘वीह्याभ नेभर बिन किड्स’ र ‘ह्वाइट पोसन’ गरी दुई वृत्तचित्र छन् । यस्तै ‘डाइनिज’, ‘अफस्प्रिङ’, सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ गरी चार सर्टफिल्म छन् ।
आयोजककाअनुसार यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जनभन्दा बढी अफ्रिकनफिल्म, सर्ट फिल्मतथा वृत्तचित्रप्राप्तभएकोमा महोत्सवकालागि ८ वटा अफ्रिकनफिल्म छानिएका हुन् ।
यस्तै महोत्सवमाछनोटमा परेका नेपालीतथाआदिवासीफिल्ममा ‘सरी मम,’ ‘काँडेतार,’ ‘गोर्खा वारियर,’ ‘सनाखत,’ ‘आफ्नै कर्म,’ ‘लोजिमा’ र ‘रित’ छन् । यस्तै वृत्तचित्रतर्फ ‘जर्नी टु गोक्यो,’ ‘काँचो वायु’ र ‘चेसिङ द ड्रिम’ छन् ।
छनोटमा परेकानेपाली सर्ट फिल्ममा ‘सिगरेट,’ ‘आमा,’ ‘ऐना,’ ‘ढुकढुकी,’ ‘घटेरो,’ ‘हे दैव,’ ‘जुत्ता,’ ‘म्यारिज डे,’ ‘मातृत्व’ र ‘रोटेन ब्लड’ छन् ।
महोत्सवकीअध्यक्षएवं कलेज अफजर्नालिजम एन्ड मास कम्युनिकेसनकीप्रिन्सिपल डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकाको संस्कृतिआदनप्रदानसँगै फिल्मबाट दुई फरक महाद्धीपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजनागर्दै आएको बताइन् ।
महोत्सवनिर्देशक डब्बु क्षत्रीले फेस्टिभलमा फिल्मप्रदर्शनसँगै अभिनय सम्बन्धीतीनदिनको विशेष कार्यशाला र अन्तरक्रियाकार्यक्रमपनि रहेको बताए ।

सोमबार २८ जेठ २०८१ ०७:३६ PM मा प्रकाशित

प्रतिक्रिया