चलचित्र  ‘ए साथी सुन’को ट्रेलर कस्तो छ ?  

काठमाडौँ - अभिनेत्री वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ ।

आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्र लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको हो । सार्वजनिक २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा वर्षा लभर गर्लको भूमिकामा छिन् । ट्रेलर हेर्दा चलचित्र बदलाको कथामा बनेको अनुमान गर्न सकिन्छ ।

चलचित्रमा वर्षासँगै रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, स्व।जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का, इभान सन्जेल, बिमला गिरीलगायत कलाकारको अभिनय छ । ‘ए साथी सुन’ जयनन्द लामा अभिनीत अन्तिम चलचित्र हो ।

 

https://youtu.be/IZYPfoP711w