इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीका निम्ति उचित प्रबन्ध गरियोस्

इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीका निम्ति उचित व्यवस्था मिलाउन विवेकशील साझा पार्टीले नेपाल सरकारसित आग्रह गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै पार्टीले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । “विदेशी भूमि इजरायलमा आतंककारीको आक्रमणमा परी निधन भएका नेपालीहरूप्रति विवेकशील साझा पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,” विज्ञप्तिमा उल्लेख छ । काठमाडौं । इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीका निम्ति उचित व्यवस्था मिलाउन विवेकशील साझा पार्टीले नेपाल सरकारसित आग्रह गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै पार्टीले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । “विदेशी भूमि इजरायलमा आतंककारीको आक्रमणमा परी निधन भएका नेपालीहरूप्रति विवेकशील साझा पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,” विज्ञप्तिमा उल्लेख छ । 

 

उक्त आक्रमणमा घाइते भएका नेपालीको शीघ्र उपचारको व्यवस्था गर्न पार्टीले नेपाल सरकारसित माग गरेको छ ।

“घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न, बेपत्ताहरूको तदारुकताका साथ खोजीकार्य गर्न र स्वदेश फर्कन चाहने नेपालीहरूका लागि उचित प्रबन्ध गर्न विवेकशील साझा पार्टी नेपाल सरकार र मातहतका निकायसँग जोड्दार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

पार्टीले हमासको आततायी क्रियाकलापप्रति भर्त्सना गरेको छ । इजरायल सरकार र त्यहाँका जनताप्रति विकेकशील साझाले सहानुभूति प्रकट गरेको छ ।

“चाडबाडको मुखैमा व्यहोर्नुपरेको दुःखको यो घडीमा विवेकशील साझा पार्टी सम्पूर्ण नेपालीहरूमा धैर्यधारण गर्न अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

गएको शनिबार एक्कासि हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायल र हमासबीच लडाइँ जारी छ । इजरायलले युद्धको घोषणा नै गरिसकेको छ ।