images

युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयीभएको छ । आइतबार रातिभएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमाफावियन रुइजले २ गोल गर्दा जेसेलु र फेरान टोरेसले एक एकगोल थपेका थिए । स्वीट्जरल्याण्डका लागि मोहमद जेकीअमदौनीले एक गोल फर्काए । स्वीट्जरल्याण्डको मैदानमापाहुना टोली स्पेनले चौथो मिनेटमै अग्रतालिएको थियो । युवा खेलाडी लामिने यामलको पासमा जोसेलुले गोल गर्दै अग्रतादिलाएकाथिए । आठौंमिनेटमा स्वीट्रल्याण्डले गरेको गोल भारले मान्यतादिएन । १३औं मिनेटमा फावियन रुइजले अग्रता दोब्बर बनाए । २० औंमिनेटमा स्पेनका रोविनली नोर्मान्डले रातो कार्ड पाउँदै मैदान छाड्दा टिम १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा रहेको स्पेनमाथिदबाब बढाउँदै स्वीट्जरल्याण्डका अमदौनीले ४१ औं मिनेटमा गोल फर्काउँदै अग्रता २–१ मा झारेका थिए । तर, अहिले उत्कृष्ट लयमा रहेको स्पेनले ७७औं मिनेटमा फेरान टोरेसको पासमाफावियन रुइजले व्यक्तिगत दोस्रो गोल गर्दा टिम ३–१ ले अघि बढेको थियो । ८० औंमिनेटमा जोसेलुको पासमा टोरेसले व्यक्तिगतपहिलो गोल गर्दा स्पेन ४–१ को फराकिलो अन्तरले विजयीभयो ।
जितसँगै समूह डी मा रहेको स्पेनले दुई खेलबाट चार अंक जोडेको छ । यता, स्विट्जरल्यान्डको भने यो लगातार दोस्रो पराजयहो । स्पेन यसअघि सर्बियासँगगोलरहित बराबरीमा रोकिएको थियो भने स्विट्जरल्यान्ड डेनमार्कसँग पराजितभएको थियो । यही समूहमा रहेको डेनमार्कले भने लगातार दोस्रो जीतनिकालेको छ । आइतबार राति नै भएको खेलमाडेनमार्कले सर्वियालाई २–० गोल अन्तरले पराजित गरेको हो । डेनमार्कको जीतमा अल्बर्ट ग्रोनबाकले ३६ औं र युसुफपुलसेनले ६१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै डेनमार्कले २ खेलबाट ६ अंकबनाएर आफूलाई शीर्ष स्थानमा राखेको छ । यसैगरी स्पेन २ खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा छ भने सर्विया १ अंकका साथ तेस्रो स्थानमा रहँदा स्वीट्जरल्याण्ड भने अंकविहीन रहँदै पुच्छारमा रहेको छ ।
 

सोमबार २४ भदौ २०८१ ०९:५९ AM मा प्रकाशित

प्रतिक्रिया