images

१० वर्षको भिजनबनाएर पार्टीलाई चलायमानबनाउनकांग्रेस नेतृ  डिला संग्रौलाको प्रस्ताव

काठमाडौं । नेपालीकांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले देशलाई रुपान्तरण गर्नेगरी आगामी १० वर्षको भिजनबनाएर पार्टीलाई चलायमानबनाउन प्रस्ताव गरेकी छिन् । त्यस्तै उनले सरकारमा सहभागीकांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामीनिर्वाचनमाकांग्रेस एक्लै चुनाव लड्ने गरी स्पष्ट रोडम्याप र एजेण्डा तय गर्न नेतृत्वलाई सुझावदिएकी छिन् । बिहीबार सानेपामा जारी नेपालीकांग्रेस केन्द्रीयकार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा।संग्रौलाले भनिन्, ‘हामीले महासमितिको बैठकबाट आगामीचुनावएक्लै लड्ने घोषणा त गरयौं, तर हाम्रो एजेन्डा के हो रु भिजन के हो रु देशलाई रुपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजनबनाएर पार्टीलाई चलायमानबनाउन, सरकारलाई निर्देशनदिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रहगर्दछु।’ त्यस्तै उनले सरकार निरंकुश बन्छ कि भन्ने त्रास बढीरहेकाले कांग्रेस स्वयमले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुलाई प्रशिक्षण, छलफल र अन्तरक्रिया गराउनुपर्ने बताइन् । भ्रातृ संगठनहरुको अधिवेशनलामो समयदेखि हुननसक्दा देशभर संगठनको गतिविधि सुस्त भएको, चहलपहल घटेकाले तत्कालअधिवेशन गराएर संगठनलाई चलायमानबनाउनउनले माग गरिन् । डा संग्रौलाले नेपालीकांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधनहुनुपर्ने पनिबताइन । ‘संविधान संशोधन गर्न सामान्यप्रक्रियाले सम्भव नहुने भएकाले  पहिले पुनरवलोकनकालागिविशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय कार्यदल  ९टास्क  फोर्स० बनाउनकांग्रेसले प्रस्ताव अघि बढाउनुपर्छ । समितिले तयार पारेको प्रतिबेदनमादलहरु सहमत भएपछि संविधान संशोधनको प्रस्तावविधेयकको रुपमा अगाडि बढाउन कांग्रेसले पहलकदमी लिनुपर्छ । पुनरवलोकन गर्दापनिगाउँगाउँ र दुरदराजसम्मपुगेर जनमत संकलन गर्न पनि म सुझावदिन चाहन्छु,’ उनले भनिन्  ।
 

शुक्रबार​ २५ साउन २०८१ १०:१४ AM मा प्रकाशित

प्रतिक्रिया