लगातार ३ दिन घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - सुनको भाउ लगातार तीनदिन घटेको छ । यो तीनदिनमा सुनको भाउ भने ५०० रुपैयाँले घट्न पुगेको छ । जसमा सोमबार, मंगलबार सुनको भाउ क्रमशः १०० र ३०० रुपैयाँले घटेको थियो । त्यसैगरी बुधबार १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।