images

रुस–भारत वार्षीकशिखर सम्मेलनमा सहभागि हुन भारतीय प्रधानमन्त्री मोदी रुसमा 


काठमाडौं । भारतकाप्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल सम्हालेपछि पहिलो विदेश भ्रमणको रुपमा रुस पुगेका छन् । 
मोदी २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनकालागि मस्को पुगेका हुन् । 
मोदीलाइ रुसको विमानस्थलमा गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा दुई दिने भ्रमणका लागि रुस पुगेका उनलाई प्रथमउपप्रधानमन्त्री डेनिस मान्तुरोभले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोदीले रुसी राष्ट्रपतिसँग २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनमाभागलिनेछन् ।
०००
 

मङ्गलबार २५ असार २०८१ ०२:२० PM मा प्रकाशित

प्रतिक्रिया