images

पर्यटकीय स्थल शैलुङ जाने सडक अवरुद्ध 

रामेछाप ।आकर्षक पर्यटकीयस्थल शैलुङ जाने सडक अवरुद्ध भएको छ ।  
ठाउँ ठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको स्थानीय दावासङ्बु शेर्पाले जानकारी दिए । सडक अवरुद्ध भएपछि वर्षाको समयमा शैलुङमा रमाउन जाने पर्यटक समस्यामा परेका छन् ।  
निरन्तरको वर्षाको कारण दोरम्बा देखि माथिको सडकमा ठाउँ ठाउँमा पहिरो गएको छ ।गएको हिउँदमा स्तरोन्नति गरिएको कच्ची सडकको ठाउँ–ठाउँमा पहिरो खसेको शेर्पाले बताए । 
सडक अवरुद्ध भएपछि पर्यटक मात्रै होइन शैलुङ क्षेत्रबाट जिल्ला सदरमुकाम तथा काठमाडौं आउ जाउ गर्ने स्थानीयलाई समेत समस्या परेको छ । सडक बन्द भएपछि किसानले उत्पादन गरेको आलु लगायतका तरकारी बजारसम्म र्पुयाउनपनि कठिनाइ भएको छ । 
अविरल वर्षाको कारण रुख र बिजुलीकापोल ढल्दा सो क्षेत्रमाविद्युत् सेवापनि अवरुद्ध भएको छ । पानी परिरहेकोले सडक खुलाउने तथाविद्युत् सुचारु गर्ने कामहुन सकेका छैन ।
 

मङ्गलबार २५ असार २०८१ ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया