images

राष्ट्रपति पौडेलद्वारा लगानी सहजी करण सम्बन्धी विधेयक प्रमाणी करण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधनविधेयक प्रमाणीकरण गरेका छन् । 
संघीय संसद्का दुवै सदनबाट पारित भई सोमबार विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाइएको थियो । 
अध्यादेशप्रतिस्थापनविधेयकभएकाले ६० दिनको संवैधानिक सीमादबाबका कारण राष्ट्रपति पौडेलले सोमबार नै विधेयक प्रमाणीकरण गरेका हुन् । 
सभामुख देवराज घिमिरेले विधेयक प्रमाणित गरेर पठाएलगत्तै राष्ट्रपतिले प्रमाणीकरण गरे । 
सरकारले लगानी सम्मेलन लक्षित गरी वैशाखमाअध्यादेश सिफारिस गरेको थियो । सिफारिस अनुसार वैशाख १६ गते अध्यादेश जारी भएको थियो । प्रतिस्थापनविधेयकभने जेठ २८ गते मात्र संसद्मादर्ता भएको थियो । संविधानको व्यवस्थाअनुसार सोमबारसम्म उक्तविधेयक प्रमाणीकरण भइसक्नुपर्ने थियो । समयको सोहीदबाबबिच राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् । 

 

मङ्गलबार २५ असार २०८१ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया