images

एनपिएल ः पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

काठमाडौं । एनपिएलको सबैभन्दामहंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले बिहीबार जर्सी सार्वजनिक गरेका हुन् ।जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए । पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरि लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताए । ‘जलवायु परिवर्तन, हिमालयपग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौं, उनले भने, ञगण्डकीमा हिमपर्वत श्रृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमितपग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउनलागिरहेका छौं । यसमाहामीगम्भीर हुनुपर्ने छ । यसमा एउटा सन्देश दिनको लागिपनिहामीआएका छौं ।’ जोन्टी रोड्सले पोखरा एभेनजर्सको जर्सी सार्वजनिक गरेका थिए । जोन्टीले नेपालले के गर्छ हेर्न आतुर रहेको बताए ।कार्यक्रममापोखरा गीत प्रस्तुत गरिएको थियो । जर्सी सार्वजनिककार्यक्रममा१४ वटा हिमालआरोहण गरेका निमा तेन्जिङ शेर्पाले  पर्यटन र क्रिकेट एकअर्काको परिपुरक भएको बताउँदै सबैले पोखरालाई सहयोग गर्न अनुरोध गरे ।
 

शुक्रबार​ २३ कात्तिक २०८१ ०९:१६ AM मा प्रकाशित

प्रतिक्रिया