images

डेक्लन राइस र ज्याकग्रिलिसको गोलमाइंग्ल्याण्ड विजयी

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयीभएको छ । शनिबार रातिभएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो । इंग्ल्याण्डको जीतमाडेक्लन राइस र ज्याकग्रिलिसले एक÷एकगोल गरेका थिए । इंग्ल्याण्डले दुवै गोलपहिलो हाफमा गरेको हो । खेलको ११ औंमिनेटमा राइसले गोल गर्दैै इंग्ल्याण्डलाई अग्रतादिलाएकाथिए । २६ औंमिनेटमा राइसकै पासमाग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि निर्धारित समयभित्रथपगोल नभएपछि जर्मनी २–० को जीतदर्ता गर्न सफलभयो । यही समूहमा रहेको ग्रिकले फिनल्याण्डमाथि ३–० को जीतदर्ता गरेको छ । ग्रीककाफोटिस इओनिडिसले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो । २३ औंमिनेटमा इओनिडिसले गोल गर्दै ग्रिकलाई अग्रतादिलाए । ३७औंमिनेटमा फिनल्याण्डका बेन्जामिनकलमनले आफ्नै पोस्टमा गोल गरेपछि ग्रिकको अग्रता दोब्बर भयोय । ७६ औंमिनेटमा इओनिडिसले व्यक्तिगत दोस्रो गोल गरेपछि ग्रिक ३–० को सहजजितनिकाल्न सफलभयो । समूह २ मा ग्रीकले ३ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा राख्दा समानअंक रहेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ । आयरल्याण्ड र फिनल्याण्ड क्रमशःतेस्रो र चौथो स्थानमा रहेका छन् । यी टिमले भने अंकको खाताखोलेका छैनन् ।
 

आइतबार​ २३ भदौ २०८१ १०:५७ AM मा प्रकाशित

प्रतिक्रिया