चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार झालाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। झा नेपाली कांग्रेसनिकट हुन्।

आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन दिएका थिए। अहिलेका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको कार्यकाल यही भदौ २५ गते सकिँदैछ।