images

जर्मनीको एकतर्फी जित

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जितदर्ता गरेको छ । शनिबार  रातिभएको खेलमाजर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जिततदर्ता गरेको हो । समूह ३ मा रहेको जर्मनीको जितमानिकलस फुलक्रग, जमालमुसिएला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एकगोल गरेका थिए । २७औंमिनेटमा जमालमुसिएलाको क्रसपासमानिकलस फुलक्रगले गोल गर्दै अग्रतादिलाएकाथिए । पहिलो हाफमा १गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु ४ गोलथपेको थियो । ५७औंमिनेटमा विट्जको पासमामुसिएलाले गोल गर्दै अग्रता दोब्बर बनाए । अधिकांश समयहंगेरीमाथिदबाबबनाएको जर्मनीले तेस्रो गोल ६६ औं मिनेटमा गरेको थियो ।
मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ७७औंमिनेटमा मुसिएलाकै पासमाएलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो । ८१ औंमिनेटमा हंगेरीकाविलीओर्वानले हार्भाटेजलाई डी बक्सभित्रफल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीतदिलाए । यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्नियाहर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।
 

आइतबार​ २३ भदौ २०८१ १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया