शेयर बजार राताम्मे : नेप्सेमा २८ अंकको गिरावाट, कारोबार रकम पनि घट्यो

 काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक मंगलबार घटेको छ । सोमबार सामान्य अंकले घेटेको नेप्से आज २८.४० अंकले घटेर २०१९.८५ को विन्दुमा झरेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज २६५ धितोपत्रको ४८ लाख ६० हजार ७४१ किक्ता सेयर एक अर्ब ७३ करोड ७० लाख १४ लाख ४९९ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.२४ प्रतिशतले घटेर ३८५.५६ को विन्दुमा झरेको छ ।