images

तामाङ बस्तीमाहिन्दुकी देवी, तामाङहरूले नै गर्छन् संरक्षण 

रामेछाप ।सिङ्गो बस्तीमा एक घर पनि ब्राह्मण क्षेत्रीको छैन । पुरै बस्तीतामाङ समुदायको, सबै बौद्ध धर्मालम्बि । तर गाउँको बिचमामन्दिर भने हिन्दु धर्मालम्बिको महाकालीदेवीको । नेपालमाधार्मिक तथाजातीय सहिष्णुता कति प्रगाढ छ भन्ने उदाहरण हो रामेछापको खाँडादेवी–८ गागलको महाकालीमन्दिर । तामाङ बस्तीको बिचमा रहेको यो मन्दिर स्थानीयको आस्थाको केन्द्र मात्रहोइनधार्मिक सहिष्णुताको प्रतीकपनि बनेको छ ।  यो महाकलीमन्दिरलाई निक्कै ऐतिहासिक र पुरानो मानिन्छ । मन्दिरको इतिहास स्थानीयलाई थाहा छैन तथा परम्परागतकहावतभने चल्दै आएको छ । पुस्तौँ पुस्तादेखि त्यहीकहावत सर्दै आएको छ । स्थानीयकाअनुसार अहिले मन्दिर रहेको ठाउँमा स्थानीयले पोखरी खन्नलागे । पोखरी खन्ने क्रममा एउटा ठुलो ढुङ्गो फेलापर्यो । पोखरी खन्नेहरूले खनेर ढुङ्गो निकाल्न सकेनन् । घनले फुटाउँदा ढुङ्गाबाट रगतनिस्कियो । ढुङ्गाबाट रगत आएपछि स्थानीयले जानेलाई देखाए । जान्नेलाई देखाउँदा म महाकालीबाट आएको श्री महाकाली देवीहुँभनेर बकेपछि सोही ठाउँमा महाकालीमन्दिर थापना गरियो भन्ने कहावत छ ।  महाकालीथानमाप्राकृतिकसिला छ । त्यहाँभोगखाने र नखाने दुवै थरीका देवी छन् । पहिला धेरै बली चढाइने सो मन्दिर अहिले बलिपूजाभने  रोकिएको खाँडादेवी–८ वडाध्यक्ष जङ्गलालतामाङ बताउँछन् । देवीथानमा देवीको सुरक्षाको लागि एउटा ठुलो ढुङ्गो गाडिएका छ । सो ढुङ्गो गाउँको पारी माकादुमबाट ल्याइएको स्थानीय बताउँछन् । ढुङ्गो ल्याउँदागाउँको पुछारमा भाँचिएपछि भाँचिएको टुक्राबाट सोही ठाउँमा महादेव र साँढेको मूर्ति बनाएर मन्दिर स्थापना गरिएको छ । महाकालीथानमा गाडिएको ढुङ्गामा सुनको गजुर राखिएको थियो । सो गजुर चोरी भएपछि लामो समयसम्म त्यतिकै खाली रह्यो । पछि वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट बजेट विनियोजक गरी जलपलगाएको गजुर राखिएको छ । मन्दिर संरक्षणको लागिमन्दिरको वरिपरि कम्पलाउण्डवाल लगाएर संरक्षणको काम गरिएको वडाध्यक्ष तामाङ बताउँछन् । 
 

बिहीबार २४ साउन २०८१ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया