बाढी–पहिरोबाट असार र साउनमा मात्रै ५८ जनाको मृत्यु, २८ जना बेपत्ता 

काठमाण्डौँ - अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर ५८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार २०८० जेठ ३१ गतेदेखि हालसम्म बाढी–पहिरोबाट ३२ पुरुष, १० महिला, १६ बालबालिकाको मृत्यु भएको हो ।

यस्तै ९४ जना घाइते भएका छन् । जसमा ५७ पुरुष, २६ महिला, ११ बालबालिका रहेका छन् । २२ पुरुष, ५ महिला, १ बालक गरी २८ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।