images

सुनको मूल्य बढ्दा, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ ।  यसैगरी,आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ७ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भइरहेको  छ।  
 

बिहीबार २४ साउन २०८१ ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया