images

मन्त्री पाण्डेको निर्देशन– ‘भेटघाट र कार्यक्रमबन्द गरेर हवाइ सुरक्षामाध्यानदिऔं’

काठमाडौं । संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रीबद्री पाण्डेले करीब १५ दिनको अवधिमादुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहितमन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्दै तत्तकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहलथालनी गरेको बताएका छन् । बुधबार नुवाकोटको शिवपुरीमाहेलिकप्टर दुर्घटना हुँदा एक नेपालीसहितपाँचजनाको मृत्यु भएपछि मन्त्री पाण्डेले एकसाताकालागिपूर्व निर्धारित सबै औपचारिक कार्यक्रमहरुलाई स्थागिततथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाकाविषयमा केन्द्रितगर्दै आवश्यककदमचाल्नमन्त्रालय र माताहतकानिकायहरुलाई परिचालन गर्ने बताए । बुधबार साँझमन्त्रीको सचिवालयकातर्फबाट प्रेस नोट जारी गर्दै हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वभाविक ढिलाइ भएको भन्ने सम्बन्धमाप्रकाशित समाचारप्रतिगम्भीर ध्यानाकषर्ण भएको जनाउँदै नागरिक उड्डयनप्राधिकरण (क्यान) लगायतका सम्बन्धितपदाधिकारीहरुसँग जानकारी लिएकाथिए । सो क्रममाप्राविधिक कारणले दुर्घटना एकिन गर्न केही समय लागेको र दुर्घटनास्थल पहिचानहुनासाथप्रतिकुल मौसमकाबाबजुत उद्धारका लागिप्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर पठाइएको सो हेलिकप्टर फिर्ता हुननसकी रातीपनि सोही स्थानम नै रहेको जानकारी गराएकाथिए । दुर्घटनामा ज्यानगुमाउनु भएकाहरुको आत्माको चिर शान्तिको कामनागर्दै शोक सन्तप्त परिवारप्रतिहार्दिक समवेदनाव्यक्तगर्दै मन्त्री पाण्डेले नेपालीउड्डयन क्षेत्रले भोग्नु परेको असहजताको समाधानखोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गरेका छन् । एयर डाइनेस्टीको ९ एन–एजेडी कलसाइन हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो। दिउँसो १ बजेर ५४ मिनेटमा भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीकालागि उडान भरेको हेलिकप्टर दिउँसो २ बजेर १४ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टर उडान भरेको तीनमिनेटपछि सम्पर्कविहीनभएको नेपालनागरिक उड्डयनप्राधिकरण (क्यान)ले जनाएको छ। दुर्घटना लगत्तै खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियो ।  सबैको शव सङ्कलन गरी शव परीक्षण तथाअन्यकार्यका लागित्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको नेपालनागरिक उड्डयनप्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ। दुर्घटनाको छानबिन गर्न आयोग पनि गठन गरिएको छ । मन्त्रिपरिषद्को सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाकावरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमातीन सदस्यीयजाँचबुझआयोग गठन गरिएको हो ।
 

बिहीबार २४ साउन २०८१ १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया