सुन तीन सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?


 काठमाण्डौँ - आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ थियो ।

 आज चाँदीको भाउ पनि घटेको छ ।
हिजो तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।