रोल्पा बस दुर्घटना अपडेट : चारजनाको मृत्यु, १८ जना घाइते

रूपन्देही - रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना ५ ख २६१२ नम्बरको यात्रुवाहक बस रोल्पाको त्रिवेणी(७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको हो । १८ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा माडी गाउँपालिका(४ रोल्पाकी हस्ता डाँगी, सोही ठाउँका गोरख डाँगी, परिवर्तन गाउँपालिका रोल्पाका भक्तबहादुर विक र माडी गाउँपालिका(२ रोल्पाका प्रकाश बाँठा छन् ।

बस रोल्पाको त्रिवेणी गाउँपालिका ७ टिला नजिक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दिउँसो १ बजे दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पठाइएको र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको छ । घाइतेहरूलाई दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको छ ।