आजको मौसम : काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि भारी वर्षा, दिनभर कायमै रहने

काठमाडौँ - हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखासरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, कोशी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।