images

यीचार प्रदेशमाहुनेछ ठूलो वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाकाअनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशकाथोरै स्थानमाहल्कादेखि मध्यम वर्षा भइरहेको छ । आजदिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका धेरै स्थानतथामधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनीर सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज रातिपनिदेशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका धेरै स्थानतथाबाँकीप्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशीप्रदेश, गण्डकी प्रदेश, लुम्बिनीप्रदेश र सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।
 

बिहीबार २४ साउन २०८१ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया