images

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार, बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशीविनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ । आजअमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसा रहेको छ। यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसा पुगेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

बिहीबार २४ साउन २०८१ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया