शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालक आन्दोलनमा, भदौ १ देखि अनिश्चितकालीन विद्यालय बन्द !

काठमाडौँ - प्रस्तावित विद्यालय शिक्षा ऐन विधेयक २०८० विरुद्ध निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले ज्ञाापनपत्र बुझाउनेदेखि १ भदौबाट अनिश्चितकालीन विद्यालय बन्द गर्नेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रस्तावित विधेयकमा समावेश गरिएका केही विषयप्रति आपत्ति जनाउँदै निजी विद्यालयका छाताा संगठन प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।