images

६ वटा संसदीयसमितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतकाविभिन्न ६ वटा संसदीयसमितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालयकाअनुसार बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानून, न्यायतथामानवअधिकार समिति, राज्यव्यवस्थातथा सुशासन समिति, सार्वजनिकनीतितथाप्रत्यायोजितविधायन समिति र शिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधिसमितिको बैठक बस्न लागेको हो । अर्थसमितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिकविषयमाधितोपत्रबोर्डसँग छलफल गर्ने कार्यक्रम छ । कानून, न्यायतथामानवअधिकार समितिको बैठक पनिबिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बेपत्तापारिएकाव्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलापआयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ । यसैगरी, राज्यव्यवस्थातथा सुशासन समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । सार्वजनिकनीतितथाप्रत्यायोजितविधायन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा पुरातात्विकमहत्वका सम्पदाहरूको अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । शिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा विद्यालयशिक्षाविधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षायाममा डेंगु, हैजा लगायतका सरुवा रोग सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागिमन्त्रालय र अन्तर्गतकानिकायबाट भए गरेका कामकारबाही, समस्या र भावीकार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
 

बिहीबार २४ साउन २०८१ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया