गृह मन्त्रालयको महाविर पुनलाई  पत्र : विभूषण लिलामी गरे रद्द हुन्छ

 काठमाण्डौँ - गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई विभूषण लिलामीमा राखे रद्द गर्ने चेतावनी दिएको छ ।

मंगलबार मन्त्रालयको विभूषण तथा सभा समारोह प्रबन्ध शाखाले पुनलाई पत्र पठाएर विभूषण लिलामीमा नराख्न चेतावनी दिएको हो । 

केही समय अघि पुनले मानपदवी कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामी गर्न सामाजिक सञ्जालमा राखेका थिए ।

सामाजिक सञ्जालमा राखेको थाहा पाएकाले उक्त पत्र काटिएको मन्त्रालयले जनाएको छ ।