रास्वपा धादिङ थाक्रेको सभापतिमा मुकुन्द थापा, ११ जना सदस्यहरु को-को छन् ? 

 धादिङ -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङको थाक्रे गाउँपालिकामा एक कार्यक्रम मार्फत सभापति चयन गरेको छ ।

 रास्वपाले गाउँपालिका कमिटि सभापतिमा मुकुन्द थापालाई चयन गरेको हो । 

आज थाक्रे गाउँपालिकाको महादेववेशीमा आयोजना गरिएको कार्यक्रममा नव निर्वाचित मुकुन्द थापाको नेतृत्वमा सर्वसम्मत रूपमा ११ सदस्यीय गाउँपालिका कमिटि गठन गरिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति समेत रहेका संघीय सांसद् डोल प्रसाद अर्यालको समेत उपस्थिति रहेको थियो । 

पार्टीको थाक्रे पालिका उपसभापतिमा सविन सुवेदीलाई चयन गरिएको छ भने सचिवमा सरिता ढुङगाना चयन भएकी छिन् । थाक्रे पालिका कमिटिको कोषाध्यक्षमा नारायण जीसी, सदस्यहरुमा सावित्री पौडेल, सन्तोषी कोइराला, मायादेवी पन्त, शिव रिजाल, शिव बहादुर थापा, अनुज रिजाल, सोम बहादुर थोकर र रञ्जन लामालाई चयन गरिएको छ । 

कार्यक्रममा सांसद डा तोसीमा कार्कीको पनि सहभागीता थियो ।