images

राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित 

काठमाडौं । राष्ट्रसंघको महिलाविरुद्धहुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा बन्दना राणा निर्वाचित भएकी छन् ।  
शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणाले १४६ मत प्राप्त गरेकी थिइन । अब उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने छिन् । उनी यसअघि पनि सोही कमिटीमा सदस्य थिइन । 
राणालेऐतिहासिकजितका लागि पाएको साथ सहयोगको लागि राणाले सबैप्रति कृतज्ञ भएको बताएकी छन् । 
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रोजिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो ।  सबैभन्दा बढि भोट प्राप्त भयो (१४६) सबैको अपार शुभकामना र मायाको लागि हृदय देखि कृतज्ञ छु ।’
२३ सदस्य रहने उक्त समितिलेराष्ट्रसंघमा महिलाबारे विभिन्न राष्ट्रले जनाएका प्रतिबद्धता कार्यान्वयनगराउन कार्य गर्दछ । यस्तै, हिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने देखिविश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्याका बारेमासमेत समितिले कार्य गर्दछ । 
समितिको कार्यालय जेनेभामा रहेको छ ।

शनिबार २५ जेठ २०८१ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया