मृर्गौला र कलेजो पिडित मिरा खुलालका लागि सहयोग रकम हस्तान्तरण 

ओसाका, जापान । दुवै मृर्गौला र कलेजोमा समस्या आई उपचाररत दोलखा कालिन्चोक ७ की मिरा खुलालको उपचारको लागि दोलखा समाज जापानले संकलित रकम आज हस्तान्तरण गरेको छ । जापानमा रहेका दोलखाबासीहरुबाट संकलित दुईलाख १७ हजार ७६८ नेपाली रुपैयाँ पिडितका बुबा दिलबहादुर खुलाललाई आज नगदै हस्तान्तरण गरिएको दोलखा समाज जापानका केन्द्रिय महासचिव नारायण खड्काले जानकारी दिनु भयो ।  समाज केन्द्रीय कार्यसमिती सदस्य पार्शुक पोखरेल मार्फत राष्ट्रिय जेष्ठ नागरिक कोषका अध्यक्ष बसन्तराज कार्की, दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजेश थापा सहितको सहभगितामा पिडितलाई उक्त रकम हस्तान्तरण गरिएको हो । खुलाल विगत केही समय देखि  दुवै मृर्गौला र कलेजो ड्यामेज भई उपचाररत अवस्था रहनु भएको थियो दुबै अंग प्रत्यारोपनका लागि ५० देखी ५५ लाख नेपाली रुपैयाँ आवाश्यकता हुने र  पारिवारीक आर्थिक अवस्था कमजोर भएकोले सहयोगको लागि अपिल गरिएको समाजका केन्द्रिय अध्यक्ष रोशन थापाले जानकारी दिनु भयो ।  सहयोगका लागि दोलखा समाजका सविना बुढाथोकी र ईश्वर पाठकको सकृयतामा उक्त रकम संकलन गरिएको थियो ।