युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, ५ जान भाग्यमानीले पाए ११ कित्ता

काठमाण्डौं - आज युनिक नेपाल लघुवित्तको एफपीओ  बाँडफाँट भएको छ । 
 ३७ हजार ९४२ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छ भने ५ जना भाग्यमानीले ११ कित्ता सेयर हात पारेको छ । कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकामा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलले जानकारी गराएको छ । कम्पनीले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन।