अफगानिस्तानमा भ्यान दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो

काबुल - अफगानिस्तानमा भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापर्बाहीका कारण भ्यान सडकबाट खसेको बताए । ‘चालकको लापरबाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ, चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।