images

कोशी,बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा वर्षाको सम्भावना 

काठमाडौं । काठमाडौं उपत्यका सहित आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । 
शनिबार दिउँसोकोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै आज, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा–हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 
आज रातीकोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
 

शनिबार २५ जेठ २०८१ ०७:२२ AM मा प्रकाशित

प्रतिक्रिया