काठमाडौँ - अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
यता, युरोपियन युरोको मूल्य घटेको छ। युरोपियन युरोको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। आइतबार युरोपियन युरोको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा रहेको थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ १४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५४ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ।
यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।