प्रगति राईको ‘थाङ्ग्रा’ सार्वजनिक

काठमाडौं - साहित्यकार प्रगति राईद्धारा लिखित उपन्यास सङ्ग्रह ‘थाङ्ग्रा’ सार्वजनिक भएको छ ।

थाङ्ग्रा शनिवार नयाँ बानेश्वरको थापागाउँस्थित मण्डला नाटकघरमा सार्वजनिक भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञ मुनाराज शेर्मा, कवि दीपा राई पुन, लेखक जेवी विश्वकर्मा, कवि कैलाश राई र लेखक स्वयम्‌द्वारा लोकार्पित थाङ्ग्राबारे विमर्श कार्यक्रमसमेत भएको थियो ।