images

संविधानदिवसतीनदिनमनाइने, प्रधानमन्त्रीको अध्यक्षतामामूल समारोह समिति गठन

काठमाडौं । नेपाल सरकारले संविधानदिवस (राष्ट्रिय दिवस), २०८१ तीनदिनसम्मविभिन्नकार्यक्रम गरी विशेष रुपमामनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिकदिनलाई हर्षोल्लासका साथ राष्ट्रिदिवस मनाउनप्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामामूल समारोह समिति गठन गरिएको छ । मूल समारोहकाकार्यक्रमको प्रभावकारी व्यवस्थापनकालागिविभिन्नउपसमितिसमेत गठन गरिएको छ । समितिले आगामीअसोज २, ३ र ४ गते तीनदिनसम्म नेपालभित्र र विदेशस्थित नेपालीदूतावास तथानियोगहरुमादीपावलीलगायतकार्यक्रम गर्ने तथाअसोज ३ गते संविधानदिवस मनाउने निर्णय गरेको हो । समितिको निर्देशानुसार असोज २ गते सङ्घीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानकाविषयमा केन्द्रितविशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलककार्यक्रमहरूको निर्माण, सञ्चालनतथा प्रसारण गर्ने व्यवस्थामिलाइएको छ । त्यस्तै, राष्ट्रियस्तरका छापा सञ्चारगृहहरूलाई संविधानदिवस (राष्ट्रिय दिवस) को उपलक्ष्यमाविशेषाङ्क–स्मारिका प्रकाशनगर्नाका साथै संविधानको बहुपक्षीयआयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।
 

शनिबार २२ भदौ २०८१ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया