images

पार्किङ्ग गरिएको पिकअपभ्यानतोडफोड गरेको आरोपमादुईजनापक्राउ

पोखरा । पार्किङ्ग गरिएको पिकअपभ्यानतोडफोड गरेको आरोपमाप्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिकपार्किङ्ग गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यानबिहिबार राती करीब साढे नौ बजेको समयमातोडफोड गरेको आरोपमाप्रहरीले दुई जनायुवालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा स्याङ्जाको आधिखोलागाउपालिक वडा नं.६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोहि गाउँपालिकाको वडा न ३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको छ । उनीहरुले भ्यानकामालिकचित्रबहादुर सार्की समेतलाई अपशब्दप्रयोग गरेको प्रहरीको दाबी छ । पक्राउ परेकादुवै जनाविरुद्ध अभद्र ब्यबहार सम्बन्धी कसुर अपराधमापांचदिनको म्यादथप भै अनुसन्धानप्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

शनिबार २२ भदौ २०८१ १०:४५ AM मा प्रकाशित

प्रतिक्रिया