images

शान्तिले जितिन् हिमालयनतीज चेसको उपाधि

काठमाडौं । हरितालिकातीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयनतीज चेस टोर्नी’ को उपाधिशान्तिधिमालले जितेकी छन् । उनले प्रतियोगितामाशतप्रतिशतजितहासिलगर्दै ट्रफी कब्जा गरेकीहुन् ।
स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्तिपहिलो चरणमा प्रियंशाप्रधान, त्यसपछि इशा कोइरालापौडेल, अनैया सैंजु, निहानाश्रेष्ठ र एन्जलमहर्जनलाई पराजितगर्दै सर्बाधिक ५ अंकसहितच्याम्पियनभएकीहुन् । ३० वर्षीया शान्तिअर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ खेल्ने नेपाली टिमकी खेलाडी पनिहुन् । दुई वर्षअघि चेन्नाईमा भएको ४४ औं ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तीज चेस टोर्नीमा उपाधिहोडको निर्णायकपाँचौं चरणमा १६४६ रेटिङकी एन्जललाई पराजितगर्दै सफलताहासिल गरेकीहुन् । निहानाश्रेष्ठ ४ अंकसहितउपविजेताभइन् । समान ४ अंकभएपनिनिहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया संजु तेस्रो भइन् । निहाना र अनैयाले एकमात्रहार शान्तिसँगको खेलमा बेहोरेकीथिइन् । हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमाआयोतिप्रतियोगितामा यू–१५ मा प्रज्ञा पन्त ९४ अंक०, यू–१३ मा एन्जलमहर्जन ९४ अंक०, यू–११ मा नायुमामगर ९४ अंक०, यू–९ मा प्रज्नातुलाधर ९३ अंक० र यू–७ मा चार्वी खेम्का ९३।५ अंक० प्रथमभए । उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन् । ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २ं५ अंक बटुल्दै पहिलो भइन् । प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तानअन्जिलातुम्बापो सुब्बा, मिडफिल्डर प्रिती राई, अखिल नेपाल स्वतन्त्रविद्यार्थी युनियन ९समाजवादी० कीअध्यक्षआरतीलामा, त्रिभुवनविश्वविद्यालयमाअन्तर्राष्ट्रिय सम्बन्धकीशिक्षक ९लेक्चरर० विनिता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्राविधिकपक्षपनिमहिलाले नै सम्हालेका थिए । एकेडेमीकी संस्थापक मोनालिशाखम्बू, पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्यपदकजितेकी तेक्वान्दो खेलाडी पलेशागोवर्धनकाप्रशिक्षककविराज नेगीलामा, परराष्ट्र मन्त्रालयकीअधिकृत प्रतीज्ञा राईले विजेताहरूलाई पुरस्कार तथापदकप्रदान गरे । गत चैत १गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले नियमित रुपमा७३ जनाबालबालिकालाई चेस ट्रेनिङ दिइरहेको छ । उसले आयोजना गरेको तेस्रो प्रतियोगिताहो तीज चेस टोर्नी । उसले यसअघि एसईई कप र हिमालयन १०० सफलतापूर्वक आयोजना गरेको थियो ।
 

शनिबार २२ भदौ २०८१ १०:४४ AM मा प्रकाशित

प्रतिक्रिया