images

घट्दो जन्मदरले दक्षिणकोरियालाई चिन्ता

काठमाडौं । दक्षिण कोरियामाजन्मदर तीव्र गतिमा घटिरहेको छ ।  यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्नप्रयासहरू अहिलेसम्म पर्याप्त सफलहुन सकेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार दक्षिण कोरियाले विगत केहीवर्षदेखि आफ्नायुवाहरूलाई सन्तानजन्माउनप्रोत्साहित गर्नका लागिअनगिन्तीपहल गरेको छ, तर यस प्रयासको अझैं सफलताहातपारेको छैन । २०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रतिहजार जनसंख्या ०.७५ रहेको थियो । जुनविश्वभरिका सबैभन्दाकमजन्मदरमध्ये एक हो । यस वर्षको पहिलो त्रैमासिकमापनिजन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिकभएको छ । अत्यन्तकमजन्मदर दक्षिण कोरियामालामो समयदेखि चलिरहेको समस्याहो । जसले जनसांख्यिकीय र सामाजिकचुनौतीहरू सिर्जना गरेको छ ।  दक्षिण कोरियाकै केन्द्रीय बैंकको तथ्याङ्कले ३० वर्षभन्दामाथिकाव्यक्तिहरूको बचत दरमा पनि घटबढ देखाएको छ । पाँचवर्षअघि २९.४ प्रतिशत रहेको बचत दर हालपहिलो त्रैमासिकमा २८.५ प्रतिशतमाझरेको छ । यसले आर्थिक पाटोमा पनिभविष्यमा समस्याल्याउने आंकलन गरिएको छ । कोरियामा २०–३० वर्ष उमेर समूहकायुवायुवतीहरूले हालकावर्षहरूमा डिपार्टमेन्ट स्टोरहरू र ठूला होटेलहरूमाअत्यधिकखर्च गरेका छन् । यो अवधिभित्रउनीहरूको यात्राखर्च ३वर्षको अवधिमा ३३.३ प्रतिशतबाट बढेर ४०.१ प्रतिशतपुगेको छ । तर यो तथ्यले जन्मदरलाई सुधार्न पर्याप्त योगदान पु¥याउन सकेको छैन । दक्षिण कोरियामाजन्मदर कमहुनुको पछाडि एक महत्वपूर्ण कारण भनेको युवा पुस्तामाविवाहप्रति सकारात्मकधारणा नहुनु हो । धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थपगिरावट आएको छ । सन् २०२२ देखि दक्षिण कोरियाले बच्चाजन्मँदाआमालाई २० लाख कोरियालीवन (एक हजार ५१० अमेरिकी डलर) दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात लाखवन (५२८ अमेरिकी डलर) दिने गरिएको छ । दुई वर्षसम्म प्रत्येक महिनातीनलाख ५० हजार वनअर्थात् २६४ अमेरिकी डलर दिने गरिन्छ । यस्तै, प्राथमिकविद्यालय पढ्ने बेलासम्मप्रत्येक महिना १५१ अमेरिकी डलर दिने गरिन्छ । गरिब परिवारलाई थप रकमउपलब्ध गराउने नीति नै लिइएको छ ।
 

शनिबार २२ भदौ २०८१ १०:२५ AM मा प्रकाशित

प्रतिक्रिया