images

काभामहिलाभलिबलको उपाधीकालागिनेपाल र भारतबीचप्रतिस्पर्धा 

काठमाडौं । काभावुमन्स नेसन्स भलिबलको उपाधीकालागिआजभारत र नेपालबीचप्रतिस्पर्धा हुने भएको छ । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रंगशाला कभर्डहलमाबुधबार साँझ ५ बजे सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजितगर्दै फाइनलमाभारतसँगको भिडन्त पक्का गरेको हो । लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमालिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो । समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त भेटको पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमापार्दा तेस्रो सेट मा नेपालले भारतलाई २५–१७ ले पाखालगाएको थियो। चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिमतथा निर्णायकपाँचौ सेटमा भारतलाई १५–१३ ले पराजितगर्दै ऐतिहासिकजितनिकालेको थियो । समूह चरणमा भारतविरुद्ध ऐतिहासिकजितनिकालेको नेपालउपाधिउचाल्ने लक्ष्यका साथफाइनल भिडन्तका लागि मैदानउत्रने छ ।
 

बुधबार २३ साउन २०८१ १०:२६ AM मा प्रकाशित

प्रतिक्रिया