images

काठमाडौं । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्यअवस्था र सम्भावित जोखिमबारे जानकारीकालागिविभिन्नजाँच गरिन्छ ।

गर्भावस्थाको समयमाबच्चाको विकास सहीतरिकाबाट भएको छ कि छैन् भन्ने कुराको मूल्यांकन गर्नका लागिचिकित्सकहरुले समय–समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् । तर केहीकतिपयको मनमा अल्ट्रासाउन्ड गर्दा पेटमा भएको बच्चालाई केही असर गर्ने होकीभन्ने डर पैदा भएको पनि पाइन्छ । यसै सन्दर्भमा रहेर नेपालइन्टरनेसनलहेल्थसर्भिस (एनआइएचएस)का रेडियोलोजिष्ट विष्णु सिग्देलले गर्भअवस्थामा अल्ट्रासाउन्डले पेटमा भएको बच्चा र आमालाई कुनै असर नगर्ने बताएका छन् । नेपालन्यूज बैंकसँगको कुराकानीमाउनले भने,‘अल्ट्रासाउन्ड हामीले जति पटक पनि गर्न सक्छौं । १०–१५ पटक पनि गर्न सक्छौं । केही फरक पर्दैन ।हाम्रो सोचाइ एक्सरेहरु जस्तै अल्ट्रासाउन्डले पनिकतै रेडियसन फाल्ने होकि अथवा पेटमा भएको बच्चालाई पनि केही असर गर्ने हो कि भन्ने कुराले डर पैदा भएको पाइन्छ । कतिविरामीहरुमात्यो डर मैले पनिदेखेको छु । अल्ट्रासाउन्ड जति पटक गर्दा पनि केही फरक पर्दैन ।’ उनले तीन पटकसम्म गर्न पाइनेडब्लुएचओले पुष्टि गरिसकेको र नेपालमाचाँहीपूर्व गर्भ अवस्थाभर चार पटकसम्म गर्ने गरिएको बताए । तर आवश्यकताअनुसार आमा र बच्चदुवैको अवस्था हेरेर जतिपटक पनि गर्न सकिने उनले स्पष्ट पारे । ‘गर्भअवस्थामा एक्सरे चाँही सकेसम्म नगरेको नै ठिक हुन्छ, गर्नुपनिहुँदैन् । तर कहिलेकाहीं यदीज्यानखतरामाप¥यो भने ठूलो दुर्घटनामा प¥यो भने र हेर्ने पर्ने त्यस्तो अप्ठ्यारो अवस्थाआयो भने मात्र गर्नु राम्रो हुन्छ,’ सिग्देलले भने । तर पनि सकेसम्म पहिलो तीनमहिनाचाँहीनगर्न र त्यसपछि आवश्यकताअनुसार आमाको ज्यान नै खतरामाभयो भने ज्यानबचाउनगर्न एवमनौं महिनासम्म एक्सरे नगर्दा नै उपयुक्तहुने उनको सुझाव छ । 
 

बुधबार २३ साउन २०८१ १०:२९ AM मा प्रकाशित

प्रतिक्रिया