images

युरोकप २०२४ को सेमिफाइनल समिकरण पुरा

काठमाडौं । इंग्ल्याण्ड जारी युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । 
गएराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजितगर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । 
निर्धारित र थप गरिएको समयमादुवै टिमले एक एकगोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सूट आउटबाट निका लिएको हो । 
७५ औंमिनेटमा स्वीट्जरल्याण्डका ब्रेल डोनाल्डले गोल गर्दै सुरुआतीअग्रतादिलाएकाथिए । तर उक्तअग्रता स्वीट्जरल्याण्डले धेरै बेर टिकाउन सकेन । 
८० औंमिनेटमा डक्लन राइसको पासमाबकायो साकाले गोल गर्दै खेल बराबरीमाल्याए । त्यसपछि दुवै टिमबाट थपगोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबा निकालिएको हो । 
जसमा इंग्ल्याण्डका सबै खेलाडीले गोल गर्दा स्वीट्जरल्याण्डका म्यानुएलअकांजीले गरेको प्रहार विफलभएको थियो । 
स्वीट्जरल्याण्डका फावियन स्केचर, जेरदनशाकिरी, मोहमेद अमदुनीले भने गोल गरेका थिए ।
इंग्ल्याण्डका कोलपालमर, जुड बेलिङघम, बकायो साका, इभान टोनी र ट्रेन्ट आर्नोल्डको प्रहार गोलमा परिणत भयो ।
यस्तै, युरो कपको अर्को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २–१ गोल अन्तरले पराजितगर्दै अन्तिम चारमा स्थानपक्का गरेको छ । ३५ औंमिनेटमा टर्कीका लागि स्मेट एकेडिनले गोल गर्दै अग्रतादिलाएकाथिए ।
७० औंमिनेटमा स्टेफन डी भ्रिजले गोल गर्दै नेदरल्याण्ड्सलाई बराबरीमा ल्याए । ७६ औंमिनेटमा नेदरल्याण्ड्सले उपहार गोल पायो । 
टर्कीका मेर्ट मुलडरले आफ्नै पोस्टमा गोल गरेपछि नेदरल्याण्ड्स २–१ ले विजयीभयो । दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा टर्कीका ब्रेटु अगुरो रातो कार्ड पाउँदै मैदान छाडेर १० खेलाडीमा समेटिए पनित्यसको असर खेलको नतिजामा परेन ।
शनिबार रातिको खेलसँगै युरोकपको  सेमिफाइनल 

आइतबार​ २३ असार २०८१ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया