images

बाढी पीडितको उद्धार र राहतमा सक्रियहुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रियहुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशनदिएका छन् । 
सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनिउनले अपिल गरेका छन् । 
‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशकाविभिन्नभूभागमाभएको धनजनको क्षतिप्रतिगहिरो दुखव्यक्तगर्दछु । प्राकृतिकप्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रियहुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशितगर्दछ,’ प्रधानमन्त्रीद्धारा जारी सूचनामाउल्लेख छ ।  ।
यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावितक्षति र जोखिमन्यूनीकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापनतथा जोखिमन्यूनीकरण समितिको बैठक राखेर आवश्यकपूर्व तयारीको काम गरिरहेको उनको दाबी छ । 

आइतबार​ २३ असार २०८१ ०४:०० PM मा प्रकाशित

प्रतिक्रिया