images

टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब सार्वजनिक

काठमाडौं । टिम नेपाल इन्जिनियरिङ् लर्निङ सेन्टर प्रालिले टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गरेको छ । 
नेपालमा इन्जिनियरिङ परिषद्को परीक्षा तयारी गरिरहेका इन्जिनियर विद्यार्थीहरूलाई सहज वातावरण सिर्जना गर्नको लागि उक्तप्लेटफर्म सार्वजनिक गरिएको हो । 
परीक्षाको सामग्री र ढाँचालाई प्रतिविम्बित गर्ने बहुवै कल्पिक प्रश्नहरूको डाटाबेसमा पहुँच बृद्धि गर्नका लागि प्लेटफर्ममा नेपाल इन्जिनियरिङ परिषद्को पाठ्यक्रममा समेटिएका विषयहरू अन्तरगत रहेर विद्यार्थीहरूलाई आवश्यक पाठ्यसामग्री राखिएको इन्जिनियरिङ् लर्निङ सेन्टरको भनाइछ । 
टिम नेपाल इन्जिनियरिङ लर्निङ सेन्टरकी कार्यकारी निर्देशकअप्सरा तिम्सिना पौडेलले एप र वेब प्लेटफर्म सार्वजनिकगर्दै यसका विशेषताहरू परिचय गराउन पाउँदा खुशी लागेको भन्दै व्यापक र पहुँच योग्य सिकाइ सामाग्री निर्माण गर्ने लक्ष्यका साथअगाडि बढेको बताइन् । 
उनले भनिन्, ‘हाम्रा विद्यार्थीहरूलाई टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गर्दै यसका विशेषताहरू परिचय गराउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य एक व्यापक र पहुँच योग्य सिकाइ सामाग्री निर्माण गर्नु हो जसले विद्यार्थीहरूलाई उनीहरूको इन्जिनियरिङ परिषद्को परीक्षा तयारी यात्रामा उपयोगी र निर्विकल्पबन्न सकोस्। वास्तविक परीक्षा वातावरणको अनुकरण गरेर र विस्तृत सिद्धान्त खण्डहरू प्रदान गरेर उनीहरूको बुझाइ बढाउन र उनीहरूको आत्मविश्वास बढाउने लक्ष्य हाम्रो छ ।’
टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्मको उत्कृष्ट विशेषताहरू मध्ये एक रहेको संचालकहरुको दावी छ । विद्यार्थीहरूले लचिलो र सुविधा जनक सिकाइ अनुभव आफ्नो मोबाइल फोनवा ल्यापटपबाट इन्टरनेट उपलब्ध जुनसुकै ठाउँबाट गर्न सकिनेछ। 
 

आइतबार​ २३ असार २०८१ ०४:१० PM मा प्रकाशित

प्रतिक्रिया